तालिबानले अफगानिस्तान क्रिकेट बोर्डका सिइओ हामिद शिनवारीलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिबानले शिनवारीलाई सिइओबाट हटाइ उनकाे स्थानमा कुख्यात हक्कानी नेटवर्कका नसीबुल्लाह हक्कानीलाई बोर्डको सिइओमा नियुक्त गरेका हुन् ।
हक्कानी तालिबान सरकारका गृहमन्त्री सिराजुद्दीन हक्कानीका कान्छा भाइ हुन् । उनी तालिबानका वरिष्ठ अधिकारी पनि हुन् ।
शिनवारीले आफूलाई बर्खास्त गर्नुकाे कुनै पनि कारण नबताएकाे जनाएका छन्।
तालिवानले महिलालाई क्रिकेटलगायतका विभिन्न खेलबाट वञ्चित गरेकाे छ । जसकाे प्रतिक्रियास्वरूप अस्ट्रेलियन क्रिकेट बाेर्डले गत साता अफगानी पुरुष क्रिकेट टिमसँगकाे खेल रद्द गरेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।