आइपिएलमा राजस्थानको रोमाञ्चक जित, पञ्जाब २ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ ।

दुबईमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा राजस्थानले पञ्जाबमाथि २ रनको रोमाञ्चक जित हात पारेको हो ।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभर नै ब्याटिङ गरे पनि ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि मात्र ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि उ जितबाट बञ्चित हुन पुग्यो । 

पञ्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय पारी खेले । उनले ४३ बलको समाना गर्दै ७ चौका र २ छक्का प्रहार गरे ।  

कप्तान केएल राहुलले ४९, निकोलस पुरणले ३२ रन जोड्दा एडिन माक्रमले अविजित २६ रन बनाए ।



राजस्थानका कार्तिक त्यागीले २ तथा चेतन साकरिया र राहुल तेवाटियाले एक एक विकेट लिए ।  

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा सबै विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।



राजस्थानका यजस्वी जयसवालले ४९, महिपाल लोम्रोरले ४३ र इभिन लुईसले ३६ रन जोडे ।  

पञ्जाबका अर्शदिप सिंहले ५ विकेट हात पार्दा, मोहम्मद शामीले ३, इशन पोरेल र हरप्रित ब्रारले समान १–१ विकेट हात पारे ।

यो जितसँगै राजस्थान ८ खेलमा ८ अंकका साथ पाँचौं स्थानमा उक्लिदाँ सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।
 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ७:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया