अस्ट्रेलियामा ५.८ रेक्टरको भूकम्प

अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा ५.८ रेक्टरको भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको बताइएको छ । 

स्थानीय समयअनुसार बिहान ९ः१५ मा मेन्स फिल्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 

प्रधानमन्त्री स्कट मोरिसनले भूकम्प लगत्तै वक्तव्य जारी गर्दै भनेका छन्, ‘अहिलेसम्म कोही गम्भीर घाइते भएको या मृत्यु भएको खबर प्राप्त भएको छैन । यो खुसीको कुरा हो ।’ 

भूकम्पको झट्का दक्षिण अस्ट्रेलिया र न्युसाउथ वेल्ससम्म महसुस गरिएको थियो । पहिलो ठूलो झट्कापछि ४ रेक्टर र ३.१ रेक्टरको भूकम्प गएको थियो । 

अस्ट्रेलियामा केही वर्षपछि आएको यो सबैभन्दा तीव्र गतिको भूकम्प हो । अस्ट्रेलियामा भूकम्प आउने कुरा असामान्य भएको भन्दै भिक्टोरिया स्टेट इमर्जेन्सी सर्भिसले सम्भावित झट्काका लागि तयार हुन नागरिकहरुलाई अपिल गरेको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ९:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया