भारतीय प्रधानमन्त्री मोदी अमेरिका जाँदै, क्वाड नेतासँग छलफल गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिनको भ्रमणका लागि आज अमेरिका जाँदैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा उनी अमेरिका जान लागेका हु्न् ।

विदेश सचिव हर्षबद्र्धन शृङ्गलाका अनुसार प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग २४ सेप्टेम्बरमा भेट गर्नेछन् । 

सो क्रममा उनीहरुबीच व्यापार, लगानी र रक्षा–सुरक्षा जस्ता द्विपक्षीय सम्बन्धबारे छलफल हुनेछ । मोदीको भ्रमण टोलीमा विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री शृङ्गलासहितका वरिष्ठ अधिकारीहरु सामेल रहनेछन् । 

उनले मोदीले राष्ट्रपति बाइडेनसँगको भेटमा प्रमुख क्षेत्रीय मुद्दाका साथै आतंकवादको अन्त्यका लागि उपाय खोज्नेबारे समेत कुराकानी हुने जानकारी दिए ।

दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाका विषयमा समेत छलफल गर्नेछन् । मोदीले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँग पनि छलफल गर्ने कार्यक्रम छ । अमेरिकी नेतासँगको द्विपक्षीय वार्तासँगै उनले क्वाड शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ९:२४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया