जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् ।
सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले यो अवार्ड जितेका हुन् ।
उनले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए । ३३ वर्षीय लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेको थियो ।
लेवान्डोस्कीले बुन्डेस लिगाको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
लेवान्डोस्कीले बायर्नका महान खेलाडी गर्ड मुलरले सन् १९७१/७२ को सिजनमा ४० गोल गर्दै बनाएको कीर्तिमान भङ्ग गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।