झापामा जुवा खेलिरहेका १७ जना ४ लाख २७ हजार नगदसहित पक्राउ

झापामा जुवा खेलिरहेकाे अवस्थामा १७ जना पक्राउ परेका छन् । 

विशेष सूचनाको आधारमा झापाको दमकस्थित हिमाल देवानको घरमा भइरहेको जुवा खेलमा छापा मार्दा प्रहरीले कौडासहित नगद र जुवाडेलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालयबाट दमकबाट खटिएको प्रहरीको टोलीले १७ थान कौडासहित ४ लाख २७ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १२:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया