म सभापतिको उम्मेदवार कहिल्यै होइनः विजयकुमार गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू कहिल्यै पनि सभापतिको उम्मेदवार नभएको बताएका छन् । उनले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारको दाबी नगर्ने बताएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा मुछिए पछि पहिलो पटक पत्रकार सम्मेलन गरेका गच्छदारले बुधबार कांग्रेस महाधिवेशनमा नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने र यसका लागि आफूले भूमिका खेल्ने पनि बताएका छन् ।

‘मलाई नेपाली कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा छैन,’ उनले भने, ‘अहिले मात्र होइन, भविष्यमा पनि म त्यो पदका लागि प्रतिस्पर्धा गर्दिनँ ।’

उनले आफूले फोरम लोकतान्त्रिकलाई कांग्रेसको गुटमा नभइ कांग्रेसमा समाहित गरेको र आफू साझा व्यक्ति बन्न चाहेको पनि बताएका छन् ।

उनले यही पत्रकार सम्मेलनमा यसअघि आफूलाई बालुवाटार जग्गा प्रकरणमा राजनीतिक प्रतिशोधका कारण फसाइएको पनि बताएका थिए ।






  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १५:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया