२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

हृदयघातबाट बच्न कस्ताे खाना नखाने ?

अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानी छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु तपाईंकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।


१ बिहानको खाजा नखानु



बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ । यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ । बिहानको खाजा नखानेहरुमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ ।

२ खाना खानुपछि गुलियो खानु



खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ । यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ । 

३ धेरै मसला भएको खाना 

धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ । यसले हृदयघातको खतरालाई बढाउँछ ।

४ धेरै चिल्लो खाना खानु 



धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ । यसले कोलेस्ट्रोल बढाउँछ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।

५ धेरै मोटो मासु खानाले

सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ । यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ ।

  • प्रकाशित मिति : १८ मंसिर, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया