सत्तारूढ गठबन्धन दलको बैठक बस्दै, मन्त्रिपरिषद विस्तार बारे छलफल
फाइल फाेटाे

सत्तारूढ गठबन्धनकाे बैठक आज पनि बस्ने भएकाे छ । 

बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा अपरान्हमा बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

हिजाे (बुधबार) साँझ बसेकाे गठबन्धन बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा टुंगाे लाग्न नसकेपछि आज पुन: बस्न लागेकाे हाे ।

हिजाेकाे बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी भएका थिए । 

गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री  देउवाको मन्त्रिपरिषदमा जम्मा ६ मन्त्रीमात्र सहभागी छन् ।

देउवा प्रधानमन्त्री भएकाे दुई महिना पुगेर यता आइसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार ७:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया