करेन्ट लागेर दुई जनाकाे मृत्यु
प्रतिकात्मक तस्वीर

सिरहाकाे कर्जन्हा नगरपालिका-६ बडहरा मिर्चैया बस्ने २२ वर्षीय अशोनी कुमार झाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरमा कलको धारामा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागी गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हाे ।

करेन्ट लागेर घाइते भएकी उनकी आमा ४५ वर्षीया अभिलासा झाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मोरङकाे बुढिगंगा गाउँपालिका-६ सैतानपुर बस्ने २६ वर्षीय कामलिस माझीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । 

सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको विद्युतको लाइन लगी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १२:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया