एकीकृत समाजवादीले टुंगाे लगायाे पदाधिकारी, खनाल वरिष्ठ नेता

नेकपा एकीकृत समाजवादीले पार्टीका पदाधिकारीहरूको टुंगो लगाएको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लानेगरी पदाधिकारीहरूको टुंगो लगाइएको पार्टीका प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले फरकधारलाई जानकारी दिए । 

माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाल हुने भएका छन् । त्यस्तै, उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । 

महासचिवमा डा. बेदुराम भुसाललाई चयन गर्ने गरी प्रस्ताव लगिएको पाण्डेले बताए । त्यस्तै उपमहासचिवमा डा. विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।
 
यसैगरी सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ रहेका छन् । 

मंगलबारदेखि जारी सो पार्टीको केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ । आजको बैठकले पदाधिकारीको टुंगो लगाउने तथा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको बारेमा चर्चा हुनेछ । 

राजनीतिक प्रतिवेदन प्रस्तुत भएपछि विभिन्न ५ समूहमा समूहगत छलफल चलाइएको थियो ।

नेकपा एकीकृत समाजवादीका पदाधिकारी (सूची)



अध्यक्ष : माधवकुमार नेपाल 

वरिष्ठ नेता : झलनाथ खनाल



उपाध्यक्ष : राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल 

महासचिव : डा‍. बेदुराम भुसाल 

उपमहासचिव :  डा. विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला 

सचिव : रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ


 

  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १२:२६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया