यी हुन् नेकपा एकीकृत समाजवादीका पदाधिकारी (सूचीसहित)

नेकपा एकीकृत समाजवादीले आफ्ना पदाधिकारीहरू चयन गरेको छ । मंगलबार राजधानीमा आयोजित केन्द्रीय कमिटी बैठकले विभिन्न पदमा पदाधिकारीहरू चयन गरेको हो । 

बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालकाे अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेकाे पार्टी प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटीमा पूर्ण र वैकल्पिक सदस्य रहनेछ । 

त्यस्तै पोलिटब्युरो ७१ सदस्यीय र स्थायी कमिटी ३५ सदस्यीय रहने उनले बताए ।

पदाधिकारीहरूमा अध्यक्ष माधवकुमार नेपाल रहने गरी वरिष्ठ नेता झलनाथ खनाललाई चयन गरिएको छ । त्यस्तै मुकुन्द न्यौपानेलाई नेता चयन गरिएको छ ।

उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई रहेका छन् । बैठकले महासचिवमा डा. बेदुराम भुसाललाई चयन गरेको छ ।

यस्तै सचिवहरूमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र कुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् । 



यी हुन् समाजवादीका पदाधिकारीहरू :
 
अध्यक्ष : माधव नेपाल

वरिष्ठ नेता : झलनाथ खनाल



नेता : मुकुन्द न्यौपाने

उपाध्यक्षहरू : राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई

महासचिव : डा. बेदुराम भुसाल 

उपमहासचिव : प्रकाश ज्वाला, डा. विजय पौडेल र डा.गंगालाल तुलाधर

सचिव : नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र कुमार राई र रामकुमारी झाँक्री

  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १५:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया