दैलेखमा युवतीको हत्या गर्ने उनकै साथी पक्राउ

तीज मान्न काठमाडौंबाट दैलेख आएकी युवतीको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

गत भदौ १५ गते काठमाडौंबाट तीज मान्न भन्दै घर फर्किएकी नारायण नगरपालिका-१० भवानीकी करिब २० वर्षीय अस्मिताकुमारी बोगटीको दैलेखको गुराँस गाउँपालिका-५ स्थित भैरी खोलामा शव फेला परेको थियो । 

बोगटीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-५ भैरीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरेको हो । 

शवको पहिचान नभएपछि घटनाको प्रारम्भिक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयले सनाखतका लागि फोटोसहित हुलिया सार्वजनिक गरेको थियो । 

सो सूचनापछि नारायण नगरपालिका-१० भवानी बस्ने ५५ वर्षीया शान्ति बोगटीले फोटो हेरेर आफ्नी छोरी अस्मिताकुमारी बोगटीको शव पहिचान गरेकी थिइन् । 
विगत ४ वर्षदेखि काठमाडौंमा बस्दै आएकी अस्मिताले तीजमा घर आउने बताएकी थिइन् । 

तर उनी घर नपुगेपछि खोजी सुरु भएको थियो । शवको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरीले जनाएको छ । उनकी आमा शान्तिले भदौ ६ गते ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 



घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा विकको संलग्नता देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 
पक्राउ परेका युवकलाई ८ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १४:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया