२४ घन्टामा १२३९ लाई कोरोना संक्रमण, १३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ३९ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यही समयमा १३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको हो । 

मन्त्रालयले यो समयमा ११ हजार पिसिआर परीक्षण गरिएको जनाएको छ । यीमध्ये ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही समयमा ३६१४ जनाको एन्टिजेन परीक्षण पनि गरिएको थियो । यीमध्ये २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा नै १ हजार ३ सय २४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १६:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया