एकसय ७५ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

मकवानपुर प्रहरीले एकसय ७५ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११ थानाभर्याङबाट एकसय ७५ किलो लागुऔषध गाँजा बोकेको ट्रकसहित दुईजनालाई पक्राउ गरेको हो । 

निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार ना३ख ५९५० नम्बरको ट्रकबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको थियो ।

गाँजा बोकेर हिँडेको ट्रकसहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहानगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्की छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १८:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया