राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण, खर्चको बाटो खुल्यो

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरेर विधेयक प्रमाणीकरण भएको जानकारी दिएका हुन् । 

 ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक २०७८’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ल्याएको बजेट अध्यादेश निष्क्रिय भएसँगै बजेट ‘होलिडे’ भएको थियो । बजेट प्रमाणीकरण भएसँगै सरकारले खर्च गर्न पाउने भएको छ । 





  • प्रकाशित मिति : असोज ७, २०७८ बिहीबार १८:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया