माेरङमा बसकाे ठक्करबाट साइकलयात्रीकाे मृत्यु

मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

जिल्लाकाे बुढीगंगा गाउँपालिका-१ शान्तिचोकमा को १ ख ७५ ४८ नम्बरको बसले बिहीबार साँझ सवा ६ बजे ठक्कर दिँदा मोरङकै बेलबारी नगरपालिका-८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार ८:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया