logo-img

एमालेसामु प्रभु साहको माग : नेकपाकै निरन्तरता हुनुपर्नेदेखि आइटी आर्मीलाई जनवर्गीय संगठन बनाउनेसम्म (सूचीसहित)

माओवादी केन्द्र परित्याग गरेर एमाले रोजेका नेता प्रभु साह पछिल्लो समय पार्टी गतिविधिमा उति धेरै लागेका देखिँदैनन् । बरू उनी केही समयअघि भक्तपुरको एक पार्टी प्यालेसबाट घोषणा भएको आइटी आर्मीको अभियानमै सक्रिय भएर हिँडेका छन् । 

पछिल्लो पटक लहानमा आयोजित आइटी आर्मीकै एक कार्यक्रममा साहले अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गरेका थिए ।  यसैबीच आजबाट एमालेको विधान महाधिवेशन केन्द्रीत केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित केन्द्रीय कमिटी बैठकअघि साहले एमालेलाई ८ बुँदे माग राख्दै पत्र पठाएका छन् । 

उनले राखेको पहिलो मागमै अहिलेको नेकपा एमालेलाई तत्कालिन नेकपाकै निरन्तरता बुझ्न पर्ने माग अघि सारेका छन् । नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्नुपर्ने उनको अर्को माग छ । 

त्यस्तै, उनले घोषणा गरेर अघि बढाएको आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गरेका छन् । 



प्रदेश २ मा ज्वाला साहलाई अध्यक्ष बनाएपछि ओलीसँग रुष्ट हुँदै आएका साहले प्रदेश नं २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्ने विषय उल्लेख गरेका छन् । 

हेर्नुस् साहले एमालेलाई पठाएको ८ बुँदे सहमति :





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया