भारतको नयाँदिल्लीस्थित रोहिणी अदालत परिसरमा गोलीबारी भएको छ । घटनामा तीन जना मारिएको प्रहरीले जनाएको छ ।
मारिनेमा एकजना ग्याङ्स्टार र दुई जना अपराधी रहेका छन् । मारिने ग्याङ्स्टारको नाम जितेन्द्र मान रहेको प्रहरीले बताएको छ ।
आक्रमणकारीहरु वकिलको पोशाक लगाएर अदालत परिसर भित्र प्रवेश गरेका थिए । घटनामा एक जना महिला वकिलसहित तीन जना व्यक्ति घाइते भएका छन् ।
‘जब उसलाई अदालतमा सुनुवाइको लाई लगिँदै थियो । अपराधीहरुले ग्याङ्स्टार (जितेन्द्र मान) माथि गोली चलाए । प्रहरीको जवाफी कारवाहीमा दुवै जना आक्रमणकारी मारिए । मारिने दुईजना अपराधीमध्ये एकको टाउकोको मूल्य ५० हजार रुपैयाँ तोकिएको थियो,’ दिल्ली प्रहरी कमिश्नर राकेश अस्थानाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।