इपिएलको उद्घाटन खेलमा ललितपुर र काठमाडौँ भिड्दै

एभरेस्ट प्रिमियर लिग (इपिएल)टि-२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण आज (शनिबार)बाट सुरु हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौं किंग्स-११ बीच प्रतिस्पर्धा हुनेछ । खेल  दिउँसाे सवा १२ बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि टोलीको कप्तानी कुशलले पाएका हुन् ।

काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । उ पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यी दुईले हातसम्म ३ खेलमा एक अर्काको सामना गर्दा सबै भेटमा ललितपुरले जित निकालेको छ ।

असाेज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार ७:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया