अछाममा खाेलामा डुबेर एक बालककाे मृत्यु भएकाे छ ।
अछामकाे ढकारी गाउँपालिका-१ डाँडाघरेल बस्ने चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुर बुढाको खाेलामा डुबेर मृत्यु भएकाे हाे ।
शुक्रबार दिउँसाे चिन्ने खाेलामा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।
बालककाे शव खाेलामा तैरिएकाे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।