संग्राैलाकाे व्यङ्ग्य : नैतिक चेत नभएकाहरू गाली, निन्दा र सरापमा रमाउँछन्

लेखक तथा सामाजिक अभियन्ता खगेन्द्र संग्राैलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष ओली, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि व्यङ्ग्य प्रहार गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् संग्राैलाले यस्ताे व्यङ्ग्य गरेका हुन् । उनले प्रचण्ड र नेपाल ओली प्रवृत्तिका पुच्छर नभए क्रान्तिकारी हुन् त भनी प्रश्न पनि गरेका छन् ।

संग्राैलाले लेखेका छन्, ‘जगत् बुझ्ने ठाेस दर्शन,जीवन फेर्ने मूर्त्त कार्यक्रम र इमान थाम्ने प्रस्ट नैतिक चेत नभएकाहरू गाली,निन्दा र सरापमा रमाउँछन् । ओलीलाई गालीकाे जबाफ गालीले,निन्दाकाे प्रत्युत्तर निन्दाले र सरापकाे प्रतिक्रया सरापले दिने पुष्पकमल र माधव ओली प्रवृत्तिका पुच्छर नभए के क्रान्तिकारी हुन् त ?’ 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पछिल्लाे समय माधवकुमार नेपाल र प्रचण्डलाई लिई अनेकन टिप्पणी गरिरहेका छन् । साेही टिप्पणीलाई लिएर नेपाल र प्रचण्डले पनि ओलीकै शैली अपनाइरहेकाले खगेन्द्रले यस्ताे प्रतिक्रिया दिएका हुन् । पछिल्लाे समय तीनै जना नेता एक अर्कामाथि खनिँदै आइरहेका छन् ।





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १०:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया