चीनले रिहा गर्यो दुई जना क्यानाडेली नागरिक

चीनमा नजरबन्दमा रहेका दुई जना क्यानाडेली नागरिक रिहा भएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसको पुष्टी गरेका हुन् । रिहा भएलगत्तै उनीहरु चीनबाट क्यानडातर्फ जहाजमा आउँदै गरेको समेत उनले बताएका छन् । 

चीनले सन् २०१८ मा दुई जना क्यानाडेली नागरिक माइकल स्पैवर र माइकल कोवरिगलाई जासुसको आरोपमा पक्राउ गरेको थियो । यसअघि अमेरिकी वारेन्टको आधारमा क्यानडाको प्रहरीले चीनको एक शिर्ष प्रविधि कम्पनीका कार्यकारीलाई पक्राउ गरेको थियो । 

एकअर्का देशको नागरिक पक्राउ पर्दा चीन र क्यानडाबीच कूटनीतिक सम्बन्ध समेत प्रभावित भएको थियो । आलोचकहरूले आफ्नो नागरिक पक्राउ गरेको प्रतिशोध स्वरुप चीनले दुई जना क्यानाडेली नागरिक पक्राउ गरेको आरोप लगाएका थिए । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १३:३२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया