काठमाडौं किंग्सविरुद्ध पवनको अर्धशतकीय पारी

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सका पवन सरार्फले अर्धशतकीय पारी खेलेका छन् । 

उनले त्रिवि क्रिकेट मैदानमा जारी काठमाडौं किंग्स-११ विरुद्ध ४४ बलमा चार छक्का र पाँच चौकासहित ६१ रनको पारी खेलेका हुन् ।

७ रनमा ३ विकेट गुमाएको खराबस्थितिबाट पवन र शंकर रानाले चौथो विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको पारी उकासेका थिए । 

१० औँ ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले विकेटकिपर रहमानउल्लाह गुर्बाजबाट क्याच गराउनुअघि शंखरले २७ बलमा १४ रन प्रहार गरे ।

 
 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १३:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया