एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड १-० ले पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्ध एस्टन भिल्ला १-० गोलले विजयी भएको छ । म्यानचेस्टरलाई उसकै घरेलु मैदानमा हराउन एस्टनका लागि कोर्टने हायुजले एक गोल गरे । 

उनले निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्न सफल भए । इन्ज्युरी समयमा म्यानचेस्टर युनाइटेडले पेनाल्टी पाएको थियो । तर, उसले त्यसको सदुपयोग गर्न सकेन । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्न सकेनन् । 

नयाँ सिजनको प्रिमियर लिगमा युनाइटेडको यो पहिलो हार हो । युनाइटेड तालिकाको चौथो स्थानमा छ । एस्टन भिल्ला १० अंक जोडेर सातौँ स्थानमा उक्लिन सफल भएको छ । 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया