राजस्थानविरुद्ध दिल्ली ३३ रनले विजयी, उक्लियो फेरि शीर्ष स्थानमा

युएइमा जारी १४ औँ सिजनको आइपिएलमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ३३ रनले विजयी भएको छ । 

जारी सिजनमा दिल्लीको यो आठौँ जित हो । उसले १० म्याच खेल्दा ८ मा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ ।

राजस्थानको भने यो पाँचौ हार हो । उसले ९ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ । आफ्नौ नवौं म्याचमा दिल्लीले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । 

उसका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ५३ बलमा एक छक्का र आठ चौकासहित अविजित ७० रन बनाए । त्यस्तै, महिपाल लोमरले १९ रन बनाउँदा बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा एनरिक नोर्टजले दुई, अक्षर पटेल, रविचन्द्रन आश्विन, कागिसो रबाडा र आवेश खानले एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । 



उसका लागि श्रेयस अय्यरले ४३, शिमरोन हेटमायरले २८, कप्तान ऋषभ पन्तले २४, ललित यादवले अविजित १४, अक्षर पटेलले १२ र पृथ्वी शाले १० रन बनाए । 

बलिङमा मुस्तफिजुर रहमान, चेतन सकरियाले दुई/दुई र कार्तिक त्यागी र राहुल तेवटियाले एक/एक विकेट लिए । 



आजको जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान तालिकाको छैटौँ स्थानमा खस्किएको छ । 
 

  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १९:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया