इपिएलमा आज दुई खेल हुँदै

एभरेस्ट प्रिमियर लिग (इपिएल)टि-२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलाे खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्ने छन् ।  खेल बिहान साढे ९ बजे सुरु हुनेछ । 

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन पनि पहिलाे खेलमा विजय हासिल गर्ने लक्ष्यमा हुनेछ ।

दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे एक बजे सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन् । दुवै टिम जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।

हिजो भएको उद्घाटन खेलमा काठमाडौं किङ्स-११ ले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरी विजयी सुरुवात गरेकाे छ ।

असाेज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् ।



हिमालय टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ। 



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ६:५५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया