आइपिएल क्रिकेट : हैदरावादमाथि पञ्जाबको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादमाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ । 

गएराति शारजाह क्रिकेट मैदानमा भएको खेलमा पञ्जाबले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन मात्रै जोड्न सक्यो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनाएको थियो । पञ्जाबका लागि ऐदेन मारकरामले सर्वाधिक २७, केएल राहुलले २१, हरप्रित बाररले १८, क्रिस गेलले १४, दिपक हुडाले १३ र नाथन इलियासले १२ रन जोडेका थिए ।

हैदरावादका जासोन होल्डरले ३ तथा सन्दिप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल समादले समान १–१ विकेट लिए । 

जवाफमा १२६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरवादले खराब प्रदर्शन गर्‍यो । 

उसका लागि जासोन होल्डरले ४७, रिद्धिमान साहाले ३१, मनिष पाण्डेले १३ र केदार जाधवले १२ रन बनाउनु बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । 



हैदरावादलाई सस्तैमा समेट्न रवि बिस्नोईले ३, मोहम्मद सामीले २ र आर्सदिप सिंहले १ विकेट लिए । यो जितसँगै पञ्जाब १० खेलबाट ८ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने हैदराबाद २ अंक जोडेर तालिकाको अन्तिममा छ ।
 



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ७:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया