लिभरपुल नवप्रवेशी ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिगमा लिभरपुल नवप्रवेशी ब्रेन्टफोर्डसँग ३–३ गोलको बराबरीमा रोकिएको छ । 

गएराति भएको खेलमा ब्रेडफोर्डले लिभरपुललाई आफ्नै घरेलु मैदानमा बराबरीमा रोकेको हो । यो बराबरीसँगै शीर्ष स्थानको लिभरपुलले तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ । 

लिभरपुलका लागि डिएगो जोटा, मोहम्मद सलाहा, कर्टिस जोन्सले गोल गरे भने ब्रेन्टफोर्डका लागि इथान पिनक, भिटाली जेनेल्ट र योवान विसाले १–१ गोल फर्काए । 

यो बराबरीपछि ६ खेलबाट १४ अंकसहित लिभरपुल शीर्ष स्थानमा छन् भने समान खेलबाट १३ अंक जोडेका म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाइटेड क्रमशः दोस्रोदेखि चौथो स्थानमा छन् । 

गएराति नै भएका अन्य खेलमा एभर्टनले नर्बिचलाई २–० ले, वेस्ट ह्यामले लिड्सलाई २–१ ले हरायो भने भने लेस्टर र बर्नली तथा वाटफोर्ड र न्युकासलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 
 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ७:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया