विराटनगरले दियो चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य

एभरेस्ट प्रिमियर लिग अन्तर्गत भईरहेको खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो । 

उसका लागि सिकन्दर राजाले उत्कृष्ट पारी खेले । १८ औं ओभरको चौंथो बलमा कमलसिंह ऐरीले भीम सार्कीबाट क्याच गराउनुअघि उनले ४७ बलमा २ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए।

अनिल शाहले ३२ रनको योगदान दिँदा सौरव खनाल ३० रनमा अविजित रहे । 

चितवनका लागि कप्तान सोमपाल कामी, सागर ढकाल, कमलसिंह ऐरी र करिम जन्नतले समान २-२ विकेट लिँदा शाहब आलमले १ विकेट हात पारे ।  
 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ११:१५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया