इपिएल : विराटनगरमाथि चितवनको रोमाञ्चक जित

एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । उनले आइतबार भएको खेलमा विराटनगर वारियर्समाथि  २ विकेटको रामोञ्चक जित हात पारेको हो ।

विराटनगरले लिएको १५२ रनको लक्ष्य चितवनले अन्तिम बलमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । 

चितवनका लागि अविजित रहेका राजेश पुलामी मगरले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३९बलमा समान २/२ चौका र छक्का प्रहार गरे । भिम सार्कीले ३०, दिलिप नाथले २३ बनाए ।

विराटनगरका लागि सिकन्दर राजा र कप्तान करण केसीले २/२ विकेट लिँदा रायन पठान, अनिल खरेल र प्रतिस जिसीले १/१ विकेट हात पारे । १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

विराटनगरका लागि सिकन्दर राजाले उत्कृष्ट पारी खेले । १८औँ ओभरको चौथो बलमा कमलसिंह ऐरीले भिम सार्कीबाट क्याच गराउनुअघि उनले ४७ बलमा २ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए । 



अनिल शाहले ३२ रनको योगदान दिँदा सौरभ खनाल ३० रनमा अविजित रहे । चितवनका कप्तान सोमपाल कामी, सागर ढकाल, कमलसिंह ऐरी र करिम जन्नतले समान २/२ विकेट लिँदा शाहब आलमले १ विकेट हात पारे ।  
 



  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया