उच्च अदालत विराटनगरको गेटमा खुकुरी प्रहार
प्रतिकात्मक तस्वीर

उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो ।

उनी उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले जनाएको छ ।

घाइते राणालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा लगिएको छ ।

खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया