चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटअन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजाविहीन सकिएको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार वर्षाको कारण खेल नतिजाविहीन सकिएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर ब्याटिङ रोजेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
खेल रोकिनुअघि पोखराका विवेक यादव १६ र विक्रम सोब ७ रनमा अविजित थिए । असेला गुणारत्नेले २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेका थिएनन् ।
भैरहवाका दुर्गेश गुप्ताले ३, धम्मिका प्रशाद, तुलबहादुर थापा र अविनाश बोहराले समान १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भएको थियो ।
खेल नतिजाविहीन सकिएसँगै दुबै टोलीले एक/एक अंक बाँडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।