गत २४ घण्टामा देशभर ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । आज ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९९६ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा थप २७९ जना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा २३२, ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।