जसपा नेपालको मधेस प्रदेश समिति बैठक सम्पन्न, दुई प्रस्तावमाथि छलफल

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति बैठक जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा पार्टी संगठन सुदृढीकरण र जनजागरण (सुज) अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र एक व्यक्ति, एक पदको अवधारणालगायत प्रस्तावमाथि छलफल गरिएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा सुज अभियानलाई कुन मोडालिटीमा अगाडि बढाउने सम्बन्धमा छलफल भएको जसपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

जसपा नेपालको विधानमा एक व्यक्ति, एक पदको अवधारणा रहेकोले त्यसैको तयारी स्वरुप पूर्वराजपा र पूर्वसपासँग प्रदेश समितिको समायोजन गरिने र केन्द्रीय कमिटी तथा प्रदेश कमिटी दुवैमा रहेका नेताको लिस्ट तयार गरिने उनले बताए ।
 
उनले सक्रिय र निष्क्रिय नेता कार्यकर्ताको पनि सूची तयार गर्नका लागि पार्टीको प्रदेश समितिका मुख्य सचिव शम्भु झाको अध्यक्षतामा आठवटै जिल्लाबाट एक–एक जनालाई राखेर सुझाब समिति बनाइएको बताए । समितिले संकलन गरेको डाटाका आधारमा प्रदेश अध्यक्षलाई सुझाब पेस गरिने उनले जानकारी दिए ।

सोही सुझाबका आधारमा एक–दुई हप्ताभित्रै पार्टी समायोजन गरेर अगाडि बढ्ने रणनीति अपनाइएको उनले बताए ।





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार २०:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया