गण्डकी सरकारको निमन्त्रणामा ११ देशका राजदूत पोखरामा

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न देशका राजदूत र अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधि पोखरा पुगेका छन् । ४९औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । 

थाइल्याण्ड, बंगलादेश, कोरिया, साउदी अरब, श्रीलंका, युएई, कतार, फिनल्याण्ड, इजिप्टका राजदूत र कूटनीतिक नियोगका उच्चपदस्थ प्रतिनिधिको २८ सदस्यीय टोली पोखरा पुगेको हो । 

टोलीलाई गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीलगायतले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरु दुई दिन पोखरामा रहेर पर्यटकीय गतिविधिमा सहभागी हुनेछन् ।

दुई दिने पोखरा बसाईका क्रममा उनीहरुले पोखराका पर्यटकीय क्षेत्रको भ्रमणसहित हाइकिङ गर्ने कार्यक्रम छ ।
 





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार २१:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया