कतारमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय टोलीले ओमानसँग फराकिलो अन्तरले पराजय भोग्न परेको छ । नेपालले खेलमा २ गोल मात्र गर्दा ओमानले ७ गोल नेपाली पोस्टमा सफल प्रहार गरेको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोलीका लागि यो हार सुखद लक्षण होइन ।
नेपालभन्दा बलियो भए पनि ओमानसँग नेपाली टिमले प्रतिस्पर्धात्मक खेल्न सक्ने अनुमान गरिएको थियो ।
दोहाको कतार विश्वविद्यालयको मैदानमा भएको खेलको पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो, ओमानले । दोस्रो हाफमा ओमानले ५ गोल थप्यो । नेपालले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो ।
ओमानका तर्फबाट अब्दुल्लाहिजज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।
साफ च्याम्पियन्ससिपका लागि तयारी गरिरहेको नेपालले यसअघि काठमाडौंमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । यीमध्ये एक खेल बराबरीमा रोकिएको थियो भने अर्को खेलमा भारतले नेपाललाई पराजित गरेको थियो ।
१ अक्टोबरबाट माल्दिभ्समा हुने साफ च्याम्पियन्सका लागि नेपाली टिम भोलि माल्दिभ्स जाँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।