इपिएल : आज दुई खेल हुँदै

एभरेस्ट प्रिमियर लिग (इपिएल)टि-२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण आज(साेमबार) दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलाे खेलमा काठमाडौं किंग्स-११ र विराटनगर वारियर्स भिड्नेछन् । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडाैं दाेस्राे खेलमा पनि जित निकाल्न चाहन्छ । काठमाडाैंले पहिलाे खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।

दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् । खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाले गर्दा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँड्न बाध्य भएकाे थियाे ।



चितवन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो ।

असाेज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् ।



हिमालय टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने छ। 

  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ७:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया