स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–० काे जित हात पारेको हो ।
बार्सिलोनाका लागि सातौं मिनेटमा पाएको पेनाल्टीमा मेम्फिस डिपेले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १४ औं मिनेटमा लुक डी जोङ र दोस्रो हाफको इन्जुरी समयमा अन्सु फातीले गोल गरे।
गत सिजन घाइते भएका फाती लामो समयपछि बार्सिलोनाको जर्सीमा मैदान उत्रिएका हुन् । १८ वर्षीय फाती मेस्सीले बार्सिलोना छाडेपछि खाली रहेको १० नम्बर जर्सीमा मैदान उत्रिएका थिए ।
जितपछि ६ खेलबाट १२ अंकसहित बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ।
गएराति नै भएका अन्य खेलमा ओसासुनाले मालोर्कालाई ३–२ ले, रायो भालेकानोले काडिजलाई ३–१ ले, रियल सोसिडाडले एल्चीलाई १–० ले र रियल बेटिसले गेटाफेलाई २–० ले हराएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।