आर्सनलकाे जित

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेकाे छ ।

गए राति आर्सनलकाे घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोल अन्तरले हराउँदै जित निकालेकाे हाे। 

आर्सनलका लागि इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक-एक गोल गरे । टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए ।

स्मिथले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको २८ औं मिनेटमा औबामियाङले गोल गर्दै टिमको अग्रता दाेब्बर बनाए । ३४ औं मिनेटमा साकाले गोल गरी आर्सनलकाे अग्रता ३-० मा पुर्‍याए

खेलको ७९ औं मिनेटमा सनले आर्सनलविरुद्ध एक गोल फर्काए ।

खेलमा जित हासिल गरेसँगै आर्सनलले ६ खेलमा ९ अंक जोडी तालिकाकाे १० औं स्थानमा रहेको छ । टोटेनहम ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ७:४०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया