आइसल्यान्डले रच्यो इतिहास, संसदमा महिलाको बहुमत

आइसल्यान्डकाे संसदमा महिला सांसदकाे बहुमत पुगेकाे छ । हालै भएकाे चुनावमा ५२ प्रतिशत सिट महिलाले जितेका छन् । आइसल्यान्डमा भएको पछिल्लो चुनावभन्दा ७ बढी सिट महिलाले प्राप्त गरेका हुन् ।

महिला सांसदकाे बहुमत भएकाे याे युराेपकाे पहिलाे देश हाे । यसभन्दा अघि स्विडेनमा ४७ प्रतिशत महिला सांसद निर्वाचित भएका थिए ।

इन्टर पार्लियामेन्ट युनियनको आंकडा अनुसार कुनै पनि युरोपीयन देशले महिला सांसदमा ५० प्रतिशतभन्दा माथि सिट ल्याउन सकेका थिएनन् । 

अरू देशजस्तै आइसल्यान्डमा पनि संसदमा महिलाको लागि कुनै आरक्षण छैन । तर, दलमा महिला उम्मेदवारीको न्यूनतम संख्या भने राख्नु आवश्यक पर्दछ ।

आइसल्यान्डलाई लामो समयदेखि नै लैंगिक समानताको मामिलामा अग्रणी मानिने गरिन्छ । मार्चमा जारी विश्व आर्थिक मञ्चको रिपोर्टमा आइसल्यान्डलाई सबैभन्दा धेरै लैंगिक समानता भएको राष्ट्रको दर्जा दिइएको छ ।

आइसल्यान्डमा पुरुष र महिला दुवैलाई बराबर सुत्केरी बिदा दिइन्छ । यहाँ पुरुष र महिला दुवैलाई समान तलब दिनका लागि सन् १९६१ मै कानुन बनेको थियो । 



विश्वमा मात्र पाँच देश यस्ता छन् जहाँ संसदकाे आधा सिटमा महिला निर्वाचित भएका छन् । रुवान्डामा महिलाकाे सांसदकाे संख्या ६१.३ प्रतिशत रहेकाे छ । यसपछि क्युबामा ५३.४ प्रतिशत, निकारागुवामा ५०.४ प्रतिशत र मेक्सिकाे तथा युएईमा ५० प्रतिशत रहेकाे छ ।


 



  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार ९:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया