आजदेखि काठमाडाैंमा १८ वर्षमाथिका नागरिकलाई खाेप लगाइँदै

आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई काेराेना विरुद्धको खोप लगाइने भएकाे छ । 

१८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ । खाेप अभियान तीन दिनसम्म चल्नेछ ।

काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएकाे छ।

कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अस्पताल तथा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुतिगृहमा खोप केन्द्र ताेकिएकाे छ।

 





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १०:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया