\
बलिउड अभिनेत्री शिल्पा सेट्टीबारे लामो समयदेखि चर्चा भएको छ । तर, यो चर्चाको कारण उनले गरेको केही काम होइन, उनका श्रीमान राज कुन्द्राले गरेको गलत काम हो ।
अहिले शिल्पाका श्रीमान जमानतमा रिहा भएका छन् ।
तर, फेरि शिल्पाको चर्चा बढ्न थालेको छ ।
शिल्पा आफैं त फिटनेस फ्रिक हुँदै हुन्, उनकी छोरीले योगा गरेको तस्वीर अहिले चर्चामा आएको हो । पछिल्लो समय योगाका कारण चर्चामा आएकी शिल्पाकी छोरीले एउटा भिडियो अहिले बाहिर आएको छ जहाँ उनकी छोरी समिसा र छोरा विआन योग गरिरहेका छन् ।
शिल्पाले नै यसको भिडियो आफ्नो सामाजिक सन्जालमा सेयर गरेकी हुन् । छोरीले छोरालाई स्वास्थ्य रहन सिकाएको भिडियो भन्दै शिल्पाले यसलाई सेयर गरेकाले पनि यसको निकै ठूलो चर्चा भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।