प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालो सूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१/२२ अर्ब कालोधनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीसँग भने, ‘हुँदाहुँदा लुटिएका झण्डैझण्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुनसमेत, आतंककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालो सूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सुचारु गराउन पहल नगरेको समेत बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।