नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले १० बुँदे सहमतिमा अब धेरै अलमलिन नहुने बताएका छन् ।
सोमबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले अध्यक्ष केपी शर्मा ओली असार २७ मा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिवद्ध रहेको बताए ।
‘आज पनि १० बुँदे कार्यान्वयनमा छलफल भएको छ । पार्टी अध्यक्षले सकारात्मक रूपमै कार्यान्वयन हुन्छ भन्नु भएको छ । उहाँले त्यसमा प्रतिवद्धता दिनु भएको छ,’ भट्टराईले भने, ‘पूर्व एमालेभित्र देखिएको समूहबन्दीको अवस्थालाई अन्त्य गर्दै जाने कुरा भएको छ । एकताको प्रक्रियामा पूर्वमाओवादीतर्फ रहेका साथीहरु एमालेमा समाहित भएकाहरूलाई मान-सम्मान र प्रतिष्ठा दिएर उचित ढंगले प्रतिस्थापन गर्ने निर्णय भएको छ ।’
उनले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएमा समाधान हुने तर यस विषयलाई हाउगुजी बनाउनु जरुरी नभएको पनि बताए ।
‘जहाँजहाँ समस्या छन् १० बुँदेमा, त्यहाँ हामी समाधान गर्छौँ । १० बुँदेलाई हाउगुजी बनाउनु जरुरी छैन । केही ठाउँमा देखिएका समस्या समाधान हुन्छन्,’ भट्टराईले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।