सर्वोत्तम सिमेन्ट सेयर प्रकरण : ढुंगानालाई सरकारले स्पष्टीकरण सोध्ने

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्म ढुंगानालाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

सर्वोत्तम सिमेन्टले ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारी गरेकोमा त्यसअघि नै ढुंगानाले छोरीको नाममा सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । 

मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार २०:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया