राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । सोमबारको मन्त्रिपरिषद बैठकले सो अध्यादेश खारेजका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सरकारले ल्याएको सोही अध्यादेशअनुसार नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेका छन् ।
उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्याएमा नयाँ दल खोल्न पाउने प्रावधान थियो ।
उक्त अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने जसपाको अडानपछि सरकारले सो अध्यादेश खारेज गरेको हो ।
राष्ट्रपतिबाट अध्यादेश खारेजी प्रमाणीकरण भएसँगै मन्त्रिपरिषद् विस्तारका लागि सहज हुने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।