अफगानिस्तानका तर्फबाट कुनै प्रतिनिधिले यसपटक संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन नगर्ने भएका छन् ।
असरफ घानी सरकारले नियुक्त गरेको राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि गुलाम इसाकजाईले नाम फिर्ता लिएको राष्ट्रसंघका प्रवक्ताले जानकारी दिएका छन् ।
उनले राष्ट्रसंघमा अफगानिस्तानका तर्फबाट सम्बोधन गरेर संसारभरका नेतासामू अफगानिस्तानको समस्याबारे जानकारी गराउने र तालिबानलाई चुनौती दिने अपेक्षा गरिएको थियो ।
अब उनको नाम राष्ट्रसंघ महासभाको वक्ताको सूचीबाट हटाइएको छ ।
संयुक्त राष्ट्रसंघकी प्रवक्ता मोनिका ग्रेलीले भनिन्, ‘अफगानिस्तानले संयुक्त राष्ट्रसंघको महासभामा हुने वार्षिक बहसबाट आफ्नो नाम फिर्ता लिएको छ।’ उनले नाम फिर्ता लिनुपछिको कारण भने केही बताएको छैन ।
गत साता तालिबानले राष्ट्रसंघमा महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेख्दै नयाँ विदेशमन्त्री कतारस्थित प्रवक्ता सुहेल शाहिनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त गरेको भन्दै राष्ट्रसंघमा सम्बोधनको व्यवस्था गरिदिन माग गरेको थियो ।
तालिबानले अब इसाकजाई अफगानिस्तान सरकारको प्रतिनिधि नभएको उल्लेख थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।