काठमाडौं– गोठाटारस्थित भद्रकाली आयल स्टोरले मापदण्डभन्दा कम परिमाणमा तेल बेचेर उपभोक्ता ठग्ने गरेको तथ्य खुलेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएकाे गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको संयुक्त टोलीले अनुगमनका क्रममा यस्तो ठगी भइरहेको भेटेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी रघुनाथ महतका अनुसार अनुगमनका क्रममा कागेश्वरी मनहरा नगरपालिका–९ मा रहेको स्टोरले नोजलबाट मापदण्डभन्दा कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएको थियो ।
ठगी गर्ने पम्पलाई २ लाख रुपैयाँ जरिवाना गराइएको सूचना अधिकारी महतले जानकारी दिए ।
नोजलबाट मापदण्डअनुसारको परिमाणमा बिक्री वितरणको व्यवस्था नमिलाएसम्म पम्पबाट पेट्रोल बिक्री गर्नसमेत रोक लगाइएको उनले बताए ।
उनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ ले निषेधित एवं अनुचित व्यापारिक क्रियाकलाप गर्नेविरुद्ध तत्कालै कारबाही गर्न विभागलाई बाटो खुला गरेकाले अब अनुगमन तीव्र हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।