काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज ११ बजे बस्दै छ । ५ कात्तिकमा बुधबार बस्ने भनिएको यो बैठक बुधबार शीर्ष नेताहरुको व्यस्ततालाई कारण देखाउँदै स्थगित भएको थियो ।
बैठकमा पार्टी एकताको विषय तथा पार्टीमा जिम्मेवारी बाँडफाँडबारे छलफल हुने जनाइएको छ । बैठकमा नै सरकारको कामबारे पनि समीक्षा हुने शीर्ष नेताहरुले जनाएका छन् ।
तत्कालीन एमाले र एमाओवादीबीच तल्ला तहमा एकता प्रक्रिया नटुङ्गिएकाले यो बैठकले त्यसबारे पनि छलफल गर्ने अनुमान छ । बैठकमा विशेषगरी प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने भनिएपनि यसबारे यसअघि उठेका विवादबारे कुरा हुनसक्ने अनुमान गरिएको छ ।
नेकपाका नेता माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले भएको बाँडफाँडमा सन्तुष्ट छैनन् । तर, आजको बैठकमा श्रेष्ठ उपस्थित हुने छैनन् । उनी विदेश भ्रमणमा छन् । त्यस्तै, विदेश भ्रमणमा नै रहेकाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि आजको बैठकमा सहभागि हुने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।